कलैया,बारा प्रहरीले ३७ लाख बराबरको अवैध समानसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रूपैया बराबरको समानसहित ट्रक नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा रौतहटबाट काठमाण्डौतर्फ जादै गरेको प्र.०३–०३–००१ख ००८४ नम्बरको यात्रु बाहक बसबाट घडी ३ सय २५ थानको अन्दाजी मुल्य ६५ हजार र एयर फोन ९० थानको अन्दाजी मुल्य १ लाख ३५ हजार रुपैयाको बिल नभएको प्रहरीले समान बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा रुपन्देहीबाट लाहान–सिराहतर्फ जादै गरेको लु १ क २८८८ नम्बर को मिनिट्रकबाट १३ हजार ३ सय १० पोका सुर्ती गुट्खा र पुकार गरी अन्दाजी मुल्य ३० लाख १ हजार १ सय ६१ रुपैयाँ बराबरको बिल नभएको मिनिट्रकलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुरतर्फ जादै गरेको ना ३ ख ११४३ नम्बर को ट्रकबाट ४ सय बोरो चामल अन्दाजी मुल्य ५ लाख ७० हजार रुपैयाँ बराबरको बिल नभएको ट्रकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो

Leave a Reply