सिमरा,जीतपुरसिमरा वडा नम्बर १४ स्थित जनता माध्यमिक विद्यालय रजघट्टाले बुधवार ३९औँ विद्यालय वार्षिकोत्सव तथा ४०औँ अभिभावक दिवस मनाएको छ ।कृषि प्राविधिक शिक्षालयसमेत संचालन गर्दै आएको विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

जीतपुरसिमरा वडा नम्बर १४ की वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले विद्यालय भनेको पवित्र संस्था भएकोले शिक्षकहरुले विद्यार्थीलार्य असल कुरामात्र सिकाउनुपर्ने बताउनुभएको छ । त्यसैगरी कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले बिद्यालयको शैक्षिक सुधारमा शिक्षक, विद्यार्थी, र अभिभावक लगायत सबैको चासो महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा विद्यालयको विकासमा योगदान गर्ने महानुभावहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले विद्यालयको समग्र प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै अभिभावकले आफ्ना नानीबाबुहरु घरमा पनि कस्तो पढ्दैछन् के गर्दैछन्, भनेर रेखदेख गर्नुपर्ने बताउनुभएको छ ।
विद्यालयले वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट विद्यार्थी सम्मानबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पारस दोर्जे र कृषि डिप्लोमा कक्षातर्फ उत्कृष्ट नतिजा ल्याउने हरिओम यादवलाई सम्मान गरेको छ ।शिक्षक अभिभावक संघका संयोजक रुद्रप्रसाद न्यौपानेले विद्यालयकोतर्फबाट स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षक बरुन गौतम र भवना खडकाले गर्नुभएको थियो ।

Leave a Reply