निजगढ,भक्तलालबाट ठूलो परिमाणको लागु औषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले स्थानीय मानबहादुर बाईवाको घरमा छापामारी घरबाट ठूलो परिमाणको लागुऔषध गाँजासहित उनका वर्ष २१ का छोरा लालबहादुरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले वाइवाको घरमा लुकाई छिपाई राखेको अवस्थामा २ क्विन्टल १६ किलो गाँजा, २ सय २० सिसीको ना ३९ प २४५३ नम्बरको पल्सर मोटरसाइकल र नगद पनि बरामद गरेको छ । प्रहरीले घरबाट.२ लाख ७ हजार रुपैया बरामद गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।वाइवा विरुद्ध लागु औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट शुक्रवार ६ दिनको लागि म्याद थप लिएर अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभएको छ ।



















