सिमरा,तराई भेगमा कमजोर ‘भिजिबिलिटी’ हुँदा बुधवार सिमरा विमानस्थलको उडान प्रभावित भएको छ ।
खराब मौसमका कारण सिमरा विमानस्थलमा बुधवार कुनै पनि उडान हुन नसकेको सिमरा विमानस्थलका सूचना अधिकारी सुरेन्द्र कुशवाहाले बताउनुभयो । भिजिबिलिट कम हुँदा सिमरा विमानस्थलबाट काठमाडौंका लागि उड्ने सबै उडान प्रभावित भएको हो ।सिमराबाट बुद्ध एयरले दैनिक ६ र यति एयरलाइन्सको एउटा जहाज उडान गर्दैआएको थियो । तर कमजोर भिजिबिलिटीका कारण सबै उडान स्थगित भएको हो । तराईमा चिसो बढेसंगै भिजिबिलिटी कम भएका कारण उडानहरु प्रभावित हुने गरेको छ ।

Leave a Reply