वीरगन्ज,मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगन्ज ९९ मेगाहर्जले आफनो प्रसारणको २० वर्ष पुरा गरी २१ औँ वर्षमा प्रवेश गर्ने अवसरमा आगामी मंसिर २४ गते शनिवार वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समाजिक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगन्जले २१ औं वार्षिकोत्सवको अवसरमा रेडियो परिसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा विगतका वर्षहरुमा झै यस वर्ष पनि उल्लेख्य सहभागिता जनाउन रेडियोका श्रोता, शुभचिन्तकहरुलाई रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले अनुरोध गर्नुभएको छ ।
बार्षिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने अध्यक्ष साहले बताउनुभयो । आम श्रोता, विज्ञापनदाता, शुभेच्छुक, सबैको अपार स्नेहका कारण रेडियो वीरगंज मध्य तराईका श्रोताहरुको ढुकढुकी बन्न सफल भएको साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।