सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १०देवापुरटेटामा आगलागीबाट एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ।सोमवार राति करिब १ः३० बजेको समयमा स्थानीय रामएकवाल राय यादवको घरमा आगलागी हुँदा घरमा राखिएको अन्नपात, काठपात, लत्ताकपडा र भाडाबर्तन जलेर नष्ट भएको हो। लामखुट्टे धपाउन गोठमा बालिएको आगो सल्किएर घरमा फैलिएको स्थानीयले बताएका छन ।आगलागीका कारण घरमा रहेको सखुवाको काठ, दुई बण्डल तार, साइकल, मोटर र कृषि कार्यको लागि राखिएको पाइपसहित अन्य सामग्री जलेर नष्ट भएका छ । स्थानीयले आगो नियन्त्रणको लागि गरेको प्रयास विफल बनेको र घटनामा १ करोडभन्दा बढीको धनमालको क्षति भएको पिडित परिवारले बताएको छ ।आगलागीपीडित परिवारलाई नगरपालिका कार्यालयले राहत उपलब्ध नगराएको र हालछिमेकीको घरमा आश्रय लिएर बस्दैआएको स्थानीयले बताएका छन ।



















