नरेश गुप्ता

बरियारपुर,स्थानीय तहको निर्वाचनबाट निर्वाचित पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहसमेत नगरपालिकालाई बिपक्षी बनाएर दिइएको उत्प्रेषण परमादेश मुद्दामा अन्तरिम आदेश दिन नमिल्ने उच्च अदालत वीरगन्जले मंगलबार आदेश दिएको छ ।

पचरौता नगरपालिकाकी कार्यपालिका सद्स्य सतिया देबी ततिमनले नगरपालिका कोर्ड बैठकको निर्णयसहित बिषयगत समिति गठन गर्ने बदर हुनु पर्ने माग गर्दै उच्च अदालत अस्थायी ईजलास वीरगन्जमा गत असार १४ गते उत्प्रेषण परमादेशको लागि मुद्दा दर्ता गर्नुभएको थियो ।

अन्तरिम आदेश छलफलको लागि पेश हुन आएको रिट निवेदन अध्ययन गरि निवेदकको पक्षबाट अधिवक्ता रामेश्वर सेढाई, शिवप्रसाद कोइराला, मिनबहादुर श्रेष्ठ तथा बिपक्षी नगरपालिकाको तर्फबाट अधिवक्ता ओमप्रकश केशरी, बिनय सिंह, सुधीरकुमार कर्णले मंगलबार बहस गर्नुभएको थियो ।

दुबै पक्षका अधिवक्ताको बहस सुनेपछि उच्च अदालत वीरगन्जको ईजलास नम्बर ५ का माननीय न्यायाधीश गणेशप्रसाद बराल र सुदर्शनदेव भट्टले निबेदकको माग बमोजिम अन्तरिम आदेश नहुँदा निवेदकहरुलाई अपुरणीय क्षति पुग्ने अवस्था समेत नदेखिएकोमा सुविधा संन्तुलनको समेतबाट निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश गर्न नमिल्ने आदेश दिनुभएको हो ।

उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जले उत्प्रेषण परमादेश मुद्दामा अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएपछि पचरौता नगरपालिकाको कार्यपालिका बोर्डको निर्णय, बिषयगत समिति तथा नगर सभाको लागि बाटो खुलेको छ । कार्यपालिका सदस्य ततिमनले उत्प्रेषण परमादेशको लागि मुद्दा दर्ता गरेपछि पचरौता नगरपालिकाको कार्य ठप्प हुदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here