निजगढ – निजगढ नगरपालिका वाड नम्बर १२ की मृगौला रोगले पिडित सुमिना मोक्तानको उपचारको लागि डम्बरपुरस्थित शक्तेश्वर आधारभुत विद्यालयका छात्रछात्रा र शिक्षकले संकलन गरेको रकम हिजो हस्तान्तरण गरिएको छ ।
विद्यालयले संकलन गरेकोे ६ हजार ६ सय २५ र सोही विद्यालयकी शिक्षिका पविता काफ्ले छुटटै प्रदन गर्नुभएको २ हजार ५ सय पाच रुपैया सुमिना बाचाउ अभियानका संयोजक नवराज रिजाललाई हस्तान्तरण गरिएको अभियानका उपसंयोजक नितेश तिमल्सिनाले जानकारी दिनुभयो ।
त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर १३ बुडजोरका स्थानीय बासिन्दाले पनि सुमिनाको उपचारमा सहयोग गरेका छन । उनीहरुले चन्दाबाट संकलन गरेको १३ हजार ६ सय ५५ रुपैया पनि हिजो नै हस्तान्तरण गरिएको छ । दुबै मृगौलाले काम गर्न छोडेपछि मोक्तानको हाल काठमाण्डौ महाराजगंजंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।