निजगढ,बारा प्रहरीले ९७ केजी लागूऔषध गाँजासहित जिल्लाको अमलेखगंजबाट बिहीवार दिउसो २ जनालाई नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगंजस्थित तिन नम्बर पुलको पूर्वतर्फ रहेको टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा गाँजासहित एउटा कार र कार चालक जिल्ला चितवन राप्‍ती नगरपालिका वडा नम्बर २ गडौली टोल बस्ने अन्दाजी वर्ष ३५ को बिष्णु लामा र सोही गाडीमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर २४ सिद्धार्थ टोल बस्ने अन्दाजी वर्ष ४६ को टेकबहादुर गुरुङलाई दिउसो २.३० बजे नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानमा बा.११ च. ७०१२ नम्बरको सो कार गाँजा ओसारपसारमा प्रयोग भएको तथा उक्त कार्यमा उनीहरुको संलग्नता रहेका पाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।पक्राउ परेकाहरुमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply