निजगढ,नेकपा (एमाले) निजगढ नगर कमिटीले प्रतिगामी कदम विरुद्ध आगामी कार्तिक २५ गते मोटरसाइकल र कोणसभाको आयोजना गर्नेभएको छ ।नगर कमिटी अध्यक्ष तिलक घलानको अध्यक्षतामा आइतवार सम्पन्न नगर कमिटीको चौथो बैठकले देशमा हालै भएको प्रतिगामी कदम विरुद्धको जनपरिचालन अभियान अन्तर्गत कार्यक्रम गर्ने निर्णय गरेको हो ।

जनपरिचालन सभासंगै पूर्वपश्चिम राजमार्गको बकैयादेखि भमरासम्म मोटरसाइकल ¥याली र शहीद चोकमा कोणसभा गर्ने निर्णय गरिएको पार्टी नगर अध्यक्ष घलानले जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रम सफल पार्न पार्टीका सबै कमिटीका सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।
साथै, बैठकले कात्तिक २९ गते जिल्ला कमिटीद्वारा आयोजना गरिने जनप्रदर्शन र मंसिर ६ गते काठमाडौंमा हुने शक्ति प्रदर्शन तथा वृहत जनप्रदर्शन कार्यक्रममा समेत सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।निजगढ– ७ स्थित सगरमाथा सहकारीको सभाहलमा सम्पन्न बैठकमा बारा क्षेत्र नम्बर १ (१) का मधेस प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी, मधेस प्रदेश कमिटी सदस्य लिलादेवी लामिछाने, अम्बिका चौलागाई, सुदर्शनप्रसाद कोइराला, दुर्गा कोइरालालगायत जिल्ला कमिटीका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।


















