सिमरा,दसैं, तिहार, छठ र नेपाल सम्वत ११४३ को अवसर पारेर नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीले बिजया दशमी,तिहार, छठ र नेपाल सम्वत ११४३ को अवसरमा जीतपुरको बकुलियामा शनिवार शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत हासिल गर्ने दाबी गर्नुभयो । जनताले हालको सत्ता गठबन्धनको नियत पत्ता लगाइसकेकाछन, उहाँले भन्नुभयो, जबदेखि गठबन्धनको सरकार बन्यो देशमा भ्रष्टाचार, अनियमितता र महंगी पनि बढेर जनतालाई आक्रान्त बनाएको छ ।’ नेता पौडेलले देशमा कुशासन चलाउने दललाई जनताले फेरि मत नदिने र आगामी निर्वाचनमा एमाले विजयी हुने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै अर्की पोलिटब्यूरो सदस्य ज्वाला साहले आगामीे निर्वाचनमा गठबन्धनलाई परास्त गर्न जनता एकजुट लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती देबी चौधरी, नेकपा एमालेका नेता तथा मधेस प्रदेश सभाका पूर्वसदस्य सुन्दर बिक,सीता गुरुङ,एमाले नेता देबनारायण चौधरी, मनोज पौडेल,कासिम हुसैन, अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नगर कमिटीका अध्यक्ष तथा उपमहानगरपालिकका उपप्रमुख भोलाप्रसाद अधिकारीको सभापतित्व भएको सो कार्यक्रममा नगर कमिटीका सहसचिव त्रिलोक बिक्रम ठकुरीले स्वागत र रत्न उप्रेतीले सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ वडा कमिटीले पनि शनिवार अमलेखगंजमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।
एमाले वडा कमिटी अध्यक्ष एवम् जीतपुरसिमरा वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठको अध्यक्षता र एमालेका केन्द्रीय सदस्य मञ्जु थापामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, जिल्ला सचिवालय सदस्य मनोज पौडेल, भरत घले, जिल्ला सदस्य कासिम हुसेन, गोपाल घलान, गिता घलेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा एमाले नगर कमिटी सदस्य खैरुनेसा अंसारी, राष्ट्रिय युवा संघ नेपालका वडा कमिटी अध्यक्ष निरन गुरुङ, अनेमसंघको वडा कमिटी अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य सुकुमाया कुमारी, मुस्लिम इत्तेहाद संगठन वडा कमिटी अध्यक्ष जमुना गौतम, आदिवासी जनजाति महासंघको नगर उपाध्यक्ष वीरबहादुर लामा, राष्ट्रिय युवा संघ नगर कमिटी कोषाध्यक्ष सिरता बजुलगायत एमालेका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा वडा नम्बर २१ बाट एमालेका उम्मेदवारलाई बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै निर्वाचन परिचालन कमिटी संयोजक बिशाल साह, ईन्चार्ज गोपाल घलान र गीता घलेलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण बिशाल साहले गर्नुभएको थियो ।

















