हेटौंडा – आठ भारतीय पर्यटकको निसासिएर मृत्यु भएको मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट पर्यटन विभागमा दर्ता नै नभई संचालनमा रहेको भेटिएको छ । दक्षिण भारतको केरलाका उनीहरु पोखराबाट घुम्दै माघ ६ गते साँझ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बास बस्न पुगेका थिए। यो घटना लगत्तै संस्कृति, पर्यटन तथा नागरिक उ८यनमन्त्री योगेश भट्टराइले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरेका थिए ।
१५ दिनको समयसिमा राखेर अनुसन्धान गर्न कार्यादेश दिइएको उक्त समितिको प्रतिवेदनले रिसोर्ट विधिवत दर्ता नै नभई संचालनमा ल्याइएको औंल्याएको छ। ‘रिसोर्ट स्थानिय नगरपालिका, घरेलु कार्यालय, कम्पनी रजिष्टारमा दर्ता देखियो तर पर्यटन विभागमा दर्ता नै नभई संचालनमा ल्याइएको देखियो’ विभागका एक उच्च अधिकारीले कान्तिपुरसँग भने । उक्त रिसोर्ट दोस्रो पक्षले संचालन गरिरहेको पनि छानविनका क्रममा देखिएको छ।
पर्यटक स्तरीय रिसोर्ट भइसकेपछि पूर्वाधार हुनुपर्छ तर हाम्रो टोलीले सामान्य पूर्वाधार पनि भेटाएन,’ ती अधिकारीले भने,‘सारमा व्यवस्थापनको कमजोरी देखिन्छ।’ प्रतिवेदनले उक्त रिसोर्टको कोठामा धुँवा, ताप, आगो आदि पहिचान गर्ने स्मोक डिडेक्सनको व्यवस्था पनि नभएको औल्याएको छ। ‘धुँवा वा ग्यास नहुँदा अलराम ९सूचक घन्टी० लगायतका आपतकालीन ध्वनी निकाल्ने उपकरण राखिनुपर्ने तर त्यहाँ छैन,’ मन्त्रालयमा बुझाइएको तर सार्वजनिक भइनसकेको प्रतिवेदनमा उल्लेख गरिएको विवरण बताउँदै ती अधिकारीले भने,‘आतित्थ्य व्यवस्थापनमा रिसोर्ट चुकेको देखिन्छ।
उक्त घटनामा मृत्यु हुने भारतीय पर्यटकसँग सुत्ने बेलामा हिटरका लागि झगडा भएको छ। होटलका प्रतिनिधिले चौरमा आगो ताप्न प्रयोग हुने ग्यास हिटर नै भारतीय अतिथिले कोठामा जबर्जस्ती लगेको बयान दिएका छन्। यसलाई अतिथिहरुको कमजोरीका रुपमा व्यख्या गरिएको छ। रिसोर्टले कोठा व्यवस्थापनमा निगरानी र्पुयाउन नसकेको भनिएको छ। १५ जनाको समूहमा रहेका उनीहरुले चारवटा कोठा बुक गरेका थिए। तर दुई परिवारका आठ जना एकै कोठामा सुतेका थिए ।
मृतकमध्ये चार जना नाबालक थिए।यस घटनाको छानविनमा विभागको होटल शाखाका निर्देशक थापाबाहेक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, होटल संघ नेपाल, पर्यटक प्रहरी प्रमुख ९निरीक्षक० र होटल विभागकै शाखा अधिकृत तिलक रिजाल सदस्य थिए। समितिले एक रात दामनमै बसेर घटनाको अनुसन्धान गरेको थियो ।