नरेश गुप्ता
बरियारपुर –  भारतबाट नेपाल ल्याईरहेको राजश्व छलिका ३ लाखको लत्ताकपडा  सहित पिक अप भ्यान सशस्त्र  प्रहरीले  शुक्रवार  बिहानै पक्राउ  गरेको छ ।  सशस्त्र प्रहरी  बोडर आउट पोष्ट पिपरपातिको टोलिले  भारत बाट नेपाल ल्याउदै गरेको ३ लाख मूल्य बराबरको  कुरता सुरवाल , सुति सारी  लगायतको लत्ताकपडा सिमा नाका बाट पक्राउ  गरिएको सशस्त्र  प्रहरी  बोडर आउट पोष्ट  पिपरपातिको सशस्त्र  प्रहरी  निरीक्षक  देव बहादुर कार्किले बताउनु भयो ।
तस्करले भारतिय नम्बरको डि  एल १ भि बि ३९१२ नम्बरको पिक भ्यानमा लत्ताकपडा तस्करी गरि नेपाल भित्राईरहेको समयमा सिमा नाकामा पक्राउ  गरिएको सशस्त्र  प्रहरी  उपरीक्षक  दिग बिजय सुबेदिले बताउनु भयो । प्रदेश न २ को बाहिनिपती डि आई जि राजु अर्यालले बाराको सिमा नाकामा कडाई गरेपछी  राजश्व छलिका मालसामानहरु पक्राउ  पर्न थालेको छ ।  बाराको विभिन्न  सिमा नाका बाट  रातिको समयमा  तस्करि भैइरहेकोले सिमा नाकामा सशस्त्र प्रहरीको निगरानी  बढाईएको  छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here