नेपाली समाजमा अहिले दुईखालको सोचले एकदमै अराजकता मच्चाइएको छ । एक, भाइरल हुने अनि अर्को कथित सामाजिक अभियान्ता बताउने । यी दुबै प्रवृत्तिका कारणले नेपाली समाजमा कयौंको सुन्दर परिवार सखाप भएको छ । यिनीहरुको यो बाटोमा केही निजी रुपमा खोलिएका यूटब च्यालनहरु पनि रहेका छन् । यिनीहरुलाई कथित भाइरल र सामाजिक अभियान्ता पनि यिनै यूटुबेहरुले बनाइरहेहका छन् । खासमा पत्रकारिताको धर्म भनेको चैं कसैको व्यक्तिगत जीवनसंग सरोकार नै राख्दैन तर यूटुबेहरु यही विषयमा बढी केन्द्रित भएका छन् ।
जसका कारण कसैको सुन्दर र मिलेर बसेको परिवार पनि उजाडिएर  विघटन भएको छ । यसैको उदारहणको रुपमा पवन खतिवडाको परिवारलाई पनि लिन सकिन्छ । श्रीमान श्रीमती भएपछि सामान्य विवाद भइ नै हाल्छ अनि केही मनमुटाव पनि हुन्छन् । तर यी अभियान्ता भनिनेहरुले यसैमा खेलेर परिवार तहसनहस बनाउने काम गरेका छन् । सही अभियान्ताले त बिग्रिएको कुरा जोड्ने काम गर्छ तर यहाँ त अभियान्ताको नाउँमा जोडिएको सम्बन्ध तोड्ने काम भएको पाइन्छ ।
खहरे जस्ता भाइरलहरुले पनि समाजमा अराजकता नै मच्चाएका छन् । यस्ता सबैलाई ठेगान लगाउन सरकारले कम्मर कस्नु पर्दछ । बुधवार मात्रै एक कथित अभियान्ता बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । यस्तालाई कारवाही गर्नु नै पर्दछ । यसो हुन सकेको खण्डमा उनीहरुका कारण समाजले अनाहकमा भाडिनुपर्ने अवस्था आउदैन । मिलेर बसेको समाज अनि व्यक्तिको घर समेत यिनीहरुका कारण नै बिग्रदैछ । त्यसैले यस्ता ब्यक्तिहरुलाई सरकारले कारबाही गर्न ढिला गर्न हुदैहुदैन ।

Leave a Reply