काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले दोस्रो जीत हात पारेको छ । बुधवार भएको खेलमा काठमाण्डौले लुम्बिनी लायन्सलाई १८ रनले हरायो ।काठमाण्डौले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओर २ बलमा ८५ रनमा अलआउट भयो । लुम्बिनीका सन्दीप जोराले सबैभन्दा धेरै २६ रन बनाए । काठमाण्डौका कप्तान करण केसीले ४, दिपेश कँडेलले ३ विकेट लिए ।यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौ १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयो । काठमाण्डौका भीम सार्कीले ३१ रन बनाए ।लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।
यो जीतसँगै काठमाण्डौले ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । काठमाण्डौ प्लेअफ पुग्ने सम्भावना कायमै छ । लुम्बिनी भने एक खेलअघि नै लिग चरणबाट बाहिरिएको छ । लुम्बिनीले ६ खेल खेल्दा जम्मा २ अङ्क जोडेको छ ।एनपीएलमा बुधवार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ । योसँगै जनकपुरको चार खेलको अपराजित यात्रा टुङ्गिएको छ ।

Leave a Reply