निजगढ,बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा क्रियाशील ३० जनाभन्दा बढी विभिन्न पार्टीका स्थानीय नेता कार्यकर्ताहरु शनिवार नेकपा (एमाले)मा प्रवेश गरेका छन ।एमाले प्रवेश गर्नेहरूमा नेकपा एकीकृत समाजवादीबाट स्थानीय तहको गत निर्वाचनमा बिश्रामपुर गाउँपालिकामा अध्यक्ष पदका प्रत्याशी मदनप्रसाद यादव, विश्रामपुर गाविसका पूर्वअध्यक्ष जवाहिर बैठा, पर्सौनी गाउँपालिका निवासी सेवानिवृत्त प्रहरी नायव निरीक्षक (डिएसपी) रामेश्वर साह, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य सुजित गुप्ता, असलम अन्सारी, लोसपाका जिल्ला सदस्य कोरान अली, चन्दन साह कानु, विनोदप्रसाद यादव, क्षेत्रीय सदस्य हजरत अली, जलन्धर पटेल, लोसपाका पूर्ववडा अध्यक्ष गणेश कुशवाह रहेका छन ।

त्यसैगरी लोसपाका पूर्वजिसस जुमरानी मिया, नेकपा एसका हृदयनारायण यादव, सुरेन्द्रप्रसाद यादव, राजकिशोर पटेल, उमेशप्रसाद यादव, रामदयाल साह कलवार, अजयसिंह राजपुत, कन्हैया ठाकुर, बृजकुमार राउत, राजकुमार चौरसिया, नेपाली कांग्रेस गाउँ कमिटी सदस्य रोशन साह, रमेश साह, सलिम मिया, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सदस्य सञ्जय चौरसिया, माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका मुकेश यादव पनि एमालेमा प्रवेश गरेका छन । उनीहरु सबै बिश्रामपुर, पर्सौनी र परवानीपुर गाउँपालिकाका बासिन्दा छन ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य अच्यूत मैनाली लगायतका नेताहरूले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा नवप्रवेशीहरूलाई खादा र अवीर लगाई स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मधेसको विकास पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएको स्मरण गराउनुभयो । महासचिव पोखरेलले अन्न भण्डारका रुपमा चिनिने मधेसमा बाह्रै महिना सिँचाई हुने व्यवस्थाका लागि सुनकोशी– मरिन डाइभर्सन, अलपत्र रहेको हुलाकी सडक निर्माण, सदरमुकाम जोड्ने सडकहरू कालोपत्रे लगायत मधेसमा अहिले जे विकासका काम भएका छन्, ती सबै नेकपा (एमाले)को सरकारका पालामा भएको बताउनुभयो ।नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले सिङ्गो देश र मधेसको विकासका लागि नेकपा (एमाले)को सरकार निर्माण हुनुपर्ने र त्यसका लागि एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभयो ।

Leave a Reply