नेपालमा नत आकाश नत धर्ती नै सुरक्षित रहेको पाइएको छ । हुनत यो नयाँ कुरा पनि होइन तर पछिल्लो समय भने नेपालमा भएका सवारी दुर्घटनाले एक पटक सबैलाई सोच्न पर्ने ठाउँमा लगिदिएको छ ।बुधवार भएको हवाई दुर्घटनाले पनि एक पटक सबैको मनमा झस्का पसेको छ भने मन अमिलो पनि बनाएको छ । गएको महिनाको अन्ततिर चितवनमा भएको सवारी दुर्घटनाका पीडितहरुले अझै आफ्ना मान्छेहरुको शव पाएका छैनन् ।

फेरि बुधवार भएको हवाई दुर्घटनाको अवस्था उस्तै छ । सौर्य विमान दुर्घटना हुँदा १८ जनाको दुखद निधन भएको छ । भाग्यबस नै भनौं, विमानका पाइलट बाच्न सफल भएका छन् र उनले पुर्नजीवन पाउन् यो कामना पनि गरौं ।
तर, नेपालमा हुने गरेका सवारी दुर्घटना न्यूनीकरणका लागि अब सरकारी स्तरबाट भने नीति बनाउन आवश्यक छ । नेपालमा हवाई र सडक दुर्घटनाबाट धेरै मानवीय क्षति हुने गरेको छ ।

यसको न्यूनीकरण गर्न अति आवश्यक छ । अब प्राकृति वा यस्तै कारण देखाएर नेपालमा हुने यस्ता भयानक दुर्घटनाबाट भाग्ने छुट सरकारी पक्षलाई छैन । केवल छानबिन समिति गठन गरेर पनि यो समस्या समाधान हुदैन । नेपालमा भएको यस्तो खालको दुर्घटना यो पहिलो होइन तर अन्तिम बनून् यो चाहना गरौं । तैपनि सरकारी स्तरबाट भने यसको न्यूनीकरणका लागि भने नीति बनाउन आवश्यक छ । अब सरकारले चैं रमिता हेर्न मिल्दैन । हवाइ दुर्घटनामा परी दीवंगत भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली ।

Leave a Reply