काठमाण्डौं,इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । मंगलवार बिहान भएको खेलमा लिभरपुललाई २–१ गोलले हराउँदै युनाइटेडले अङ्कतालिकामा तीन अङ्क जोडेको छ । घरेलु मैदान ओर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका जेडन सान्चो र मार्कस रासफर्डले एक÷एक गोल गरे ।
लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए । खेलको १६औँ मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएको थियो । दोस्रो हाफको सुरुवातमै रासफर्डले गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो ।
खेलको ८२औँ मिनेटमा लिभरपुलका सलाहले गोल गरे । फरवार्ड क्रिस्टियानो रोनाल्डो खेलको ८५औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । तर लिभरपलुले थप गोल गर्न नसक्दा पराजित हुन पुगेको हो । जितसँगै म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अङ्क भएको छ । युनाइटेड तालिकाको १४औँ स्थानमा रहेको छ । समान खेलमा २ अङ्ककासाथ लिभरपुल १६औँ स्थानमा छ । तीन खेलमा ९ अङ्क जोडेको आर्सनल भने अङ्क तालिकाको शीर्ष स्थानमा रहेकोछ ।


















