निजगढ,नेकपा एमालेको भातृ संघठनको रुपमा रहेको अखिल नेपाल महिला संघ निजगढ नगर कमिटीले तिज पर्वको अवसरमा ‘खुल्ला तिज गित प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
तिज पर्वलाई सभ्य, स्वच्छ र मनोरञ्जनात्मक रुपमा मनाउने उद्देश्यले संघले स्थानीय महिलाहरुबीच गिती प्रतियोगिता आयोजना गर्न लागेको हो । तिजको नाममा उत्श्रृखल गित र नृत्यको बिगबिगी भएको गुनासो बढिरहेको बेला अनेमसंघले निजगढमा स्थानीय परम्परागत गितको स्वच्छ प्रतिस्पर्धा गराउन लागेको हो ।
निजगढ उद्योग बाणिज्य संघको सभा हलमा आगामी भाद्र १५ गते हुने सो प्रतियोगितामा निजगढका विभिन्न महिला समूहले प्रतिस्पर्धा गर्ने संघकी निजगढ अध्यक्ष शोभा राउतले बताउनुभयो दिनुभयो । प्रतियोगितामा विजयी समूहलाई आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको अध्यक्ष राउतले जानकारी दिनुभयो ।


















