बाराको करैयामाई गांउपालिका २ मा आगो ताप्ने क्रममा गम्भीर घाईते भएकी वृद्धको आईतवार ज्यान गएको छ । करैयामाई गांउपालिका २ निवासी ७५ बर्षिया जोखनी देबि चमैइनको उपचारको क्रममा कलैता अस्पतालमा ज्यान गएको बाराको प्रहरी प्रमुख बिकास राज खनालले जानकारी दिनु भयो ।
आगो ताप्ने क्रममा पुस ८ गते आफ्नै घर अगाडि घुरबाट आगो सल्केर उनको कपडामा लागेपछी उनी गम्भीर घाईते भएकी थिइन । बिगत ३ हप्ता देखि तराई मधेसमा बढ्दै गएको शीत लहर ,चिसोको कारण ग्रामीण भेगमा स्थानियहरु दिनभरि घुर तापिने गरेका छन ।
अत्यन्तै बढ्दै गएको चिसोको कारण विशेष गरि बालबालिका र वृद्ध महिला र पुरुष बढी प्रभावित बनेको महागढी स्वास्थ शाखा प्रमुख बिजय कुशवाहाले बताए । दिनप्रतिदिन बढ्दै गएको चिसो ,शितलहरको कारण ग्रामीण भेग लगायत शहरमा आगो ताप्ने क्रममा स्वाधानी अपनाउनु पर्ने बाराको प्रहरी प्रमुख बिकास राज खनालले जानकारी दिनु भयो ।