सिमरा,पूर्वराजा ज्ञानेन्द्र शाह सोमवार सिमरा आइपुग्नुभएको छ । खराब मौसमका कारण हवाई उडान अनिश्चित बनेपछि पूर्वराजा शाह भैरहवाबाट सडक मार्ग हुदै सिमरा आइपुग्नुभएको हो ।यसअघि आइतवार सिमरा आउने कार्यक्रम तय भएकोमा खराब मौसमका कारण भैरहवा विमानस्थल दिनभर नखुलेपछि भोलिपल्ट सडक मार्ग हुदै पूर्वराजा सिमरा आइपुग्नुभएको हो ।आफैले गाडी चलाएर आउनुभएका पूर्वराजा शाहलाई सिमरास्थित प्रभु निवासमा समर्थकले स्वागत गरेका थिए । परिवारसहित आउनुभएका पूर्वराजा शाहले प्रभु निवासबाहिर आफ्ना समर्थकसंग भेटघाट पनि गर्नुभएको थियो ।पूर्वराजालाई स्वागत गर्न जिलका विभिन्न स्थानबाट समर्थक सिमरा आएका थिए । पूर्वराजा शाहलाई स्वागत गर्न आइतवार दिउँसो पनि हजारौंको संख्यामा रहेका समर्थक सिमरा विमानस्थल पुगेका थिए । तर कार्यक्रम स्थगित भएपछि समर्थक निराश हुँदै फर्किएका थिए ।पूर्वराजा शाहले बारा र पर्सामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । कार्यक्रमको बारेमा आधिकारिक जानकारी भने गराइएको छैन ।

Leave a Reply