नेपाली समाजमा पछिल्ला दिनमा अपराधका यस्ता घटना हुने गरेका छन् कि मानौं घर परिवार केही होइन । संगै बाच्ने कसम खाने श्रीमान श्रीमती पनि केही होइन कि जस्तो बनाइदैछ । वास्तवमा त्यो एकदर्म गलत हो र त्यो सत्यनासकोबाटो मात्र हो ।बाराको परवानीपुर गाउँपालिकामा बुधवार एकै परिवारका दुई जनाको विभत्स हत्याको घटनामा विवाहेतर सम्बन्ध जोडिएपछि पनि समाजको एउटा कुकर्म सार्वजनिक भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुको प्रारम्भिक बयानको आधारमा प्रहरीले यस्तो निष्कर्ष निकालेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मृतककी श्रीमती र उनको प्रेमी भनिएका अर्का एक पुरुषलाई बुधवार नै पक्राउ गरी सार्वजनिक गरेपछि समाजभित्रको एउटा डरलाग्दो कुकर्म सार्वजनिक भएको हो । यसले समाजमा कस्तासम्म्मका अपराध हुदो समेत रहेछ भन्ने कुरा देखाउने गर्दछ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको सुतेको अवस्थामा परिवारका सदस्यहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको थियो । आक्रमणबाट जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलले अनाहकमा ज्यान गुमाउन पर्यो भने घटनामा घरमुली जगरुप मण्डल र उहाँकी २१ वर्षीया छोरी रिनाकुमारी मण्डल गम्भीर घाइते भएका छन् ।यस्तो अपराधमा संलग्न मृतक राम ईश्वर मण्डलकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र उनका प्रेमी भनिएका प्रसौनी गाउँपालिका– ७ बन्जरिया टोल निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेपछि समाजमा कल्पना समेत गर्न नसकिने एक घटना सार्वजनिक भयो जुन जसले ज्यान गुमाए त्यो त जसैगरी पीडा भयो अनि जो कुकर्ममा संलग्न रह्यो उसका लागि के फाइदा भयो र ? कानुनभन्दा माथि को छ र ?

Leave a Reply