निजगढ,बाराको निजगढ नगरपालिकाले पूर्वस्वीकृति लिएर मात्र नगर क्षेत्रमा मेला, जात्रा, महोत्सव सञ्चालन गर्न आग्रह गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले मंगलवार एउटा सूचना जारी गरेर नगरपालिका क्षेत्रभित्र पूर्वस्वीकृति लिएर मात्र मेला, जात्रा महोत्सव सञ्चालन गर्न आग्रह गर्नुभएको हो ।

नगरपालिकाका विभिन्न स्थानहरुमा प्रत्येक वर्ष मेला, जात्रा, महोत्वसव आयोजना हुँदै आइरहेको छ । नगरका विभिन्न वडामा हरेक वर्ष कार्तिक र मंसिर महिनामा आधा दर्जनभन्दा बढी जात्रा÷मेला लाग्ने गरेका छन । मेला, जात्रा, महोत्सव रातीको समयमा सञ्चालन गर्दा अनावश्यक होहल्ला, झैझगडा र विभिन्न अवाञ्छित क्रियाकलापहरु हुने हुँदा शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयलगायतका सुरक्षा निकायहरुबाट पूर्वस्वीकृति लिन नगरपालिकाले आग्रह गरेको हो ।त्यस्ता कार्यक्रम आयोजना गर्नुपरेमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयलगायतका सुरक्षा निकायहरुलाई समेत जानकारी गराएर एवम् पूर्वस्वीकृति लिएर मात्र मेला, जात्रा, महोत्वस आयोजना गर्नुपर्ने नगरपालिकाको सूचनामा उल्लेख छ ।

‘मेला÷जात्रा÷महोत्सव रातीको समयमा सञ्चालन गर्दा अनावश्यक होहल्ला, झैझगडा र विभिन्न अवाञ्छित क्रियाकलापहरुले शान्ति सुरक्षामा असर पर्नगइ जनधनको समेत क्षति हुने गरेको हुँदा त्यस्ता कार्यक्रमहरुमा जुवातास खेलाउने, मदिरा तथा अन्य लागुपदार्थको बिक्री वितरण गर्ने कार्य नगर्न नगराउन हुन आग्रह छ ।’ नगरपालिकाले सूचनामार्फत भनेको छ ।

Leave a Reply