वीरगन्ज,नेकपा एमालेको समानुपातिक सांसदमा पर्सा जिल्लाबाट २ जनाको नाम परेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्यद्वय एवम् पर्सा जिल्ला इन्चार्ज प्रभु हजारा र सहइन्चार्ज निर्मला देवकोटालाई समानुपातिक सांसद बनाएको हो ।
दलितबाट प्रभु हजरा दुषाद र महिलातर्फ निर्मला देवकोटा (कोइराला) समानुपातिक सांसदमा चयन भएका हुन् । शनिवार बसेको सचिवालय बैठकले प्रतिनिधि सभातर्फ पाएको ३४ सिटमध्ये २२ महिला र १२ पुरुषलाई पनि चयन गरेको छ ।
एमालले आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, खसआर्यमा रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला (देवकोटा) कोइराला, सम्झना थपलिया, दिपा शर्मा, सुनिता बराल थारु क्लस्टरतर्फ अस्माकुमारी चौधरी र शान्ती चौधरीलाई समानुपातिक सांसद बनाएको छ ।
त्यसैगरी मधेश प्रदेशमा एमालेले समानुपातिकबाट ८ सांसद छनौट गरेको छ । पार्टीको सचिवालय समितिले आदिवासी जनजातिमा मञ्जुकुमारी थापा मगर, बारा, दलिततर्फ पलटीदेवी महरा, धनुषा, मधेसी महिलामा पलटीदेवी यादव, धनुषा, फुलकुमारी देवी, धनुषा, विना देवी शर्मा, पर्सा, शिला यादव धनुषा तथा मधेसी पुरुषमा जयचन्द्रपसाद पटेल, रौतहट र मुस्लिमकोटामा नाजिमा खातनु, धनुषा रहेकीछिन ।

















