सिमरा,मधेस प्रदेशमा चुनाव लक्षित ‘रोड शो’ गर्दै हिडनुभएका रास्वपा नेता बालेन्द्र शाह (बालेन) आज साँझ काठमाडौं फर्किनुभएको छ । सिमरा विमानस्थलबाट पाँच बजेको बिमान चढेर उहाँ काठमाडौं फर्किनुभएको हो ।मंगलबार सप्तरीबाट मधेसका जिल्लामा रोड सो गर्दै हिड्नुभएका बालेनले हिजो दिउसो चुनावी अभियान अन्तर्गत बारा, पर्सा सर्लाही र रौतहट जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्नुभएको थियो । उहाँले बाराको निजगढ, बरियारपुर, कलैयाबाट वीरगञ्ज पुगेर उहाँ गण्डक, परवानीपुर, जीतपुर हुँदै सिमरा आइपुग्नुभएको थियो । बालेको स्वागतको लागि ठाउँठाउँमा ठूलो संख्यामा समर्थकहरुलाई उपस्थिति भएका थिए । अधिकांश समर्थकहरु हातमा फूलको माला बोकेर बालेनसंग सेल्फी खिच्न इच्छिुक देखिएका थिए । तर बालेन गाडीबाट नओर्लिएपछि समर्थकहरु निराश बनेका थिए ।

यसक्रममा बालेनले हात हल्लाएर समर्थकहरुलाई अभिवाद गर्नुभएको थियो । सिमरा विमानस्थल पुग्नुअघि रास्वपाका स्थानीय नेताले बालेन जीतपुर हुँदै ठोरी जाने बताएका थिए । तर बालेनको जीतपुर पछिको यात्राबारे स्थानीय नेता अनविज्ञ थिए ।जीतपुरमा पनि गाडीबाटै समर्थकलाई हात हल्लाएका बालेन सिमरा विमानस्थल हुँदै काठमाडौं फर्किनुभएको हो ।

Leave a Reply