सिमरा,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले करमा एकद्वार प्रणाली लागु गर्न सरकारसंग माग गर्नुभएको छ ।शनिवार राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय सिमराले आयोजना गरेको कर सप्ताहको उद्धाटन कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले सरकारको कर नीतिका कारण व्यवसायी धाराशायी बन्दै गएको गुनासो गर्नुभयो । तीन तहका सरकारको तीन थरिको कर नीति अव्यवहारिक रहेको बताउँदै लामिछानेले संघीय सरकारले व्यवसायीमैत्री कर नीति तर्जुमामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले सरकारले विगतको भन्दा २३ प्रतिशत बढी कर संकलनको लक्ष्य सिमरालाई दिएकाले यहाँका व्यवसायीलाई करको दायरामा आएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।कार्यक्रमका प्रमुख अतितिसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कर सप्ताहका सबै कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा चेम्बर्स अफ कमर्स बाराका अध्यक्ष रुपेश पोखरेल, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघका कार्यवाहक अध्यक्ष शम्भुकुमार खड्गी लगायत यहाँका उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो । उद्धाटन अघि सिमरामा प्रभातफेरीको आयोजना गरिएको थियो ।

Leave a Reply