वीरगञ्ज,नेपाल प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले पर्साका डिएसपी दीपक भारतीसहित ३ जनाको सरुवा गरेको हो । प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखामा सरुवा हुनुभएका भारतीको स्थानमा सोही महाशाखामा कार्यरत डीएसपी किशोर लम्साल जिल्ला प्रहरी कार्यालय पर्सामा आउनुहुने भएको छ ।त्यसैगरी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी लक्ष्मी खनाललाई प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, नक्सालमा सरुवा गरिएको छ ।यस सरुवाले जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा थप परिवर्तन ल्याउने अपेक्षा गरिएको बताइएको छ ।

Leave a Reply