सिमरा,बाराको परवानीपुर गाउँपालिकास्थित अन्नपूर्ण भेजिटेवल प्रा. लि.मा सम्पन्न आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा नेकपा एमालेको भातृ संगठन जिफन्ट आवद्ध व्हिन विजयी भएको छ ।बिहीवार भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) व्हिन ६३ मत पाएर विजयी भएका हुन । प्रतिस्पर्धी नेपाली कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघले ३६ मत पाएको छ भने र ५ मत बदर भएको थियो । कारखानामा कुल १ सय ४ मतदाता श्रमिक रहेका थिए ।आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा विजयी व्हिनले चयन गर्ने कार्यसमितिका पदाधिकारीहरुले कारखानामा श्रमिकको हकहितको लागि काम गर्ने व्हिनका केन्द्रीय अध्यक्ष आनन्द थामीले जानकारी दिनुभयो ।















