राजन कुमार बनिया

पोखरिया,जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिस्वा बञ्जारीबाट अवैधरूपमा भारततर्फ लगिरहेको अवस्थामा मदिरा बरामद गरेको छ । सो क्रममा पर्सा प्रहरीले एउटा ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको टोलीले प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टर सहित कस्तुरी लेखिएको मदिरा ३०० कार्टुन बरमद गरिएको र सोको मुल्य दश लाख साठ्ठी हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्याक्टरका चालक र धनी भने फरार रहेका कारण उनीहरुको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

यसैबीच पर्साको ग्रामीण क्षेत्रहरुमा निषेधाज्ञा लागु भए संगै केही दिन याता रोजगारी तथा अन्य सिलसिलामा बाहिरबाट घर आएकाहरुले दिनहँु मदिरा सेवन गरी चोकचौताराहरुमा भीडभाड गर्ने गरेको स्थानीयहरुले बताएका छन् । अवैधरुपमा संचालित मदिरा पसलेहरुमा यस्तो भीड हुने गरेको हो । पर्साको सखुवा प्रसौनी गाउँपलिकको श्रीपुर पचागावाँ, महुवन, खजुरिया, सथावल, कोईलाभर पेट्रोल पम्पको सटरमा, कौवाबन, प्रसौनी, जमुनिया, पटेर्वा सुगौली गाउँपालिकाको निचुटा, देवरिया, सुगौली, फरदवा, पटेर्वाटोल, सोनबर्षा, बैजनाथपुर, गादी ,बेलवा, रंगपुरटाडी, पर्सागढ़ी नगरपालिकाको बडनीयर, मनवा, हरपुर, पचरुखी, बहुदरमाई नगरपालिकाको डोकैलाबहुवरी, नगरदाहा, जगरनाथपुर गाउँपलिकको जानकीटोला, पाण्डेपुर, ठोरी गाउँपालिकाको सुबर्णपुर, ठोरी, बगमोर्चा, जिराभावनी गाउँपलिका सेढवा, नौकटोला लगायत सिमावर्ती स्थानहरुमा खोलिएको मदिरा पसलहरुमा भडिभाड बढेको स्थानीयहरुले जानकारी दिएका छन् । अमरपटी, धोरे, प्रसौनी भाठा, पकाहामैनापुर, भिस्वालगायतको स्थानमा तस्करी समेत बढेको स्थानीयहरुको दाबी छ । मदिरा सेवनका कारण झगडा समेत बढेको स्थानीयहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here