कलैया,नेपाल राष्ट्रिय क्रिकेट टिमका विकेट किपर, ब्याटर अनिलकुमार साहलाई जनकपुर बोल्ट्सले १५ लाखमा खरिद गरेको छ ।आइतवार भएको खेलाडी अक्सन प्रक्रियामा बाराको कलैया निवासी साहलाई जनकपुर बोल्ट्सले लक्की ड्रमार्फत पाएको हो । उनी नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।साहको मुल्य न्यूनतम १० लाख रुपैयाँ रहेको थियो । उनलाई किन्न अक्सनमा आठ वटै टोलीले प्रतिस्पर्धा गरेका थिए । आठ वटै टोलीले मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् । नेपालबाट पछिल्लो समय राम्रो प्रदर्शन गरेको हुँदा महँगो मूल्य पाएका हुन् ।
जनकपुर बोल्ट्समै पर्सा वीरगञ्जका आसिफ शेख मार्की खेलाडीको रुपमा छन् । नेपालका दुई विकेटकिपर आसिफ र अनिलले ओपनिङ गर्नेछन् ।


















