वीरगन्ज,आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ ।
आगामी मंसीर ४ गते हुने निर्वाचनलाई निस्पक्ष, भरपर्दा, विश्वश्नीय एव् शान्तिपुर्ण रुपमा सम्पन्न गराउने उद्देश्यले आगामी कार्तिक ५ गतेभित्र नजिकका प्रहरी इकाइहरुमा इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलद्वारा जारी विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
सूचनाअनुसार बुझाइएका हातहतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएको एक हप्तापछि धनीलाई फिर्ता गरिने पनि जनाइएको छ ।निर्धारित समयभित्र हतियार नबुझाई अटेर गरेको खण्डमा कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।



















