संघीय सरकारमा देखिएको राजनीतिक खिचातानीको प्रभाव प्रदेशमा पर्नु स्वभाविक पनि होला अन्य प्रदेशमा देखिएको राजनीतिक अस्थिरता र खिचातानी प्रदेश २ मा समेत देखिएको छ । २०७४ सालमा भएको निर्वाचनमा पाँच वर्षका लागि शासन गर्ने अवसर पाएका राजनीतिक शक्तिहरुमा देखिएको बेमेलका कारण पनि मुलुक अहिले सत्तामा रुमलिएको छ ।

देश भने माहामारीसँग लडइ रहेको छ । महामारीका कारण देशभरका नागरिकहरुले संघर्ष गरिरहेका छन् तर राजनीतिक दलहरु भने सत्ताको पछि लागेका छन् । सत्ता लिप्सामा राजनीतिक दलहरु केन्द्रित भएको आरोप लाग्ने गरेको छ र पछिल्लो राजनीतिक दलहरुको गतिविधि पनि यसैमा केन्द्रित छ र यसको असर प्रदेश २ मा समेत देखिएको छ ।

प्रदेशका नागकिहरुलाई खोप ल्याएर लगाउनु पर्ने, कोरोनाबाट जोगाउनु पर्ने र आर्थिक रुपमा प्रदेशलाई सवल बनाउनुपर्ने अवस्थामा प्रदेशमा सरकार परिवर्तनको खेल हुनु आफैमा दुःखद हो । सत्ता त राजनीतिक दलहरुले चलाउने हो । नागरिकहरुसंग यसको कुनै सरोकार छैन तर नागरिकहरुको पीडामा भने सरकारले साथ दिनुपर्दछ जुन नागरिकहरुले पाएको महसुस गर्न सकेका छैनन् ।

 

Leave a Reply