सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ वडा कार्यलयमा कामदारहरुले तालाबन्दी गरेका छन ।वडा कार्यलयका कर्मचारी जनप्रतिनिधिलाई कार्यकक्षामामा थुनेर कामदारहरुले तालाबन्दी गरेका हुन । वडा कार्यलयको आदेशमा गरेको कामको भुक्तानी माग गर्दै कामदारहरुले कार्यालयमा तालाबन्दी गरेका हुन । वडा कार्यालयको आदेशमा बिगत १ वर्षअगाडि राजखोला पैनी सरसफाइ गरेबापतको ३ लाख रकम भुक्तानी नपाएको उनीहरुको भनाइ छ । १ वर्ष भइसक्दा पनि रकम भुक्तानी नपाएपछि बाध्य भएर कार्यालयमा तालबान्दी गर्नुपरेको स्थानीय जनमुखी युवा क्लबका सचिव जितेन्द्र राउतले बताउनुभयो ।विगतका वर्षमा नगरपालिकाका जनप्रतिनिधिहरुको मौखिक आदेशको भरमा गरेको कामको रकम नगरपालिकाको प्रविधिक र योजना शाखाले भुक्तानी दिन नमानेपछि कामदारले तालाबन्दी गरेको वडा अध्यक्ष रामप्रसाद लामिछाने बताउनुभयो ।

Leave a Reply