राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि विशेषगरी यो पार्टीले सरकारले पूर्वाग्रही र प्रतिशोधपूर्ण व्यवहार देखाएको आरोप लगाउदै आएको थियो ।आइतवार फेरि रास्वपाका सभापति समेत रहेका रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १३ दिन हिरासतमा राखेर अनुसंधान गर्न प्रहरीलाई अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई सरकारले फसाउन खोजेको आरोप लाग्दै आएपनि सरकारको नेतृत्व गरिरहेको एमालेले एउटा घटनाबाट सबैलाई जवाफ दिने प्रयास गरेको छ ।

आइतवार कोशी प्रदेशका निवर्तमान मन्त्री एवंम् एमालेका नेता समेत रहेका लीलाबल्लभ अधिकारीलाई कारबाही गरेर उसले सरकारले अनियमिततासंगै जोडिएका रास्वपा सभापती रविलाई मात्रै कारबाही गरेको भन्ने आरोपको खण्डन गर्ने प्रयास गरेको छ ।

मानव बेचबिखनमा मुछिएपछि मन्त्री अधिकारीले मन्त्री पदबाट राजिनामा दिएका थिए । त्यतिमात्रै होइन उनले पार्टीको सबै जिम्मेवारीबाट पनि राजिनामा दिएका उनलाई एमालेले पनि कारबाही गर्यो र आइतवार उनी पक्राउ पनि परे र अदालतमा उपस्थित पनि गराइयो र उनलाई दुई दिन हिरासतमा राख्नका लागि अदालतले अनुमति पनि दिएको छ ।
यो घटनाबाट एमालेले एउटा संदेश के दिएको छ भने एमालेले गलत जसले गरेपनि छाड्दैन भन्ने कुरा देखाएको छ । यो प्रकरणले रास्पवाका नेताहरुलाई पनि एमालेले राम्रो संदेश दिएको छ । अब रास्वपाले पनि यो विषयमा सरकारमाथि आरोप लगाउने ठाउँ बाँकी रहेन ।रवि दोषी भए कारबाही भोग्नको लागि रास्वपा तयार हुनु पर्दछ र सरकारले पनि पूर्वाग्राह राखेर फेरि रविलाई फसाउने काम पनि गर्न हुदैन । अहिले देशमा भ्रष्टाचारमा जोडिएका मानिसहरु धेरै छन । अब कोशीका मन्त्री घिमिरेलाई जसरी नै एमालेले अरुलाई पनि कारबाही गर्ने हिम्मत गर्नुपर्दछ ।

Leave a Reply