सिमरा,प्लास्टिकका झोला विस्थापित गर्ने अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाले कपडाको झोला प्रवद्र्धन कार्यक्रम अघि सारेको छ ।

प्लास्टिकका झोला वातावरणमैत्री नरहेको र यसबाट बेफाईदा बढी हुने भएकाले वातावरण संरक्षण र जनस्वास्थ्य प्रवद्र्धनको लागि कपडाको झोला प्रयोगमा ल्याउन उपमहानगरले अभियान सुरु गरेको हो ।

उपमहानगरले पहिलो चरण अन्तर्गत विभिन्न पॉच वटा वडामा कपडाको झोला प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिसकेको छ । वडास्तरबाट अभियान सुरु गर्दा प्रभावकारी हुने देखिएकाले उपमहानगरले पहिलो चरणमा पाँच वटा वडाका स्थानीयबीच झोला प्रवद्र्धन कार्यक्रम विषयक अन्तक्र्रिया गरेको हो ।

उक्त कार्यक्रममा कपडाको झोला प्रयोगको फाईदा र प्लास्टिकजन्य झोलाबाट वातावरणमा पर्ने असरका विषयमा जानकारी गराइएको थियो । उपमहानगरपालिकाको वातावरण शाखाकी ईन्जिनियर पुष्पा सिंहले एकैपटक सबै वडामा कार्यक्रम सम्भव नभएकाले केही वडाबाट यो अभियानलाई अघि बढाएको बताउनुभयो । कार्यक्रम संचालन गरिएका वडामा कपडाको झोला प्रयोग गर्न स्थानीय ईच्छुक देखिएको भन्दै सिंहले यो अभियानलाई अझै प्रभावकारीरुपमा अघि बढाउन सकिने बताउनुभयो । Ôप्रयोग गर्ने विषयमा वडाबासी सकारात्मक देखिनुभयो । तर झोलाको उपलब्धताको विषयमा वडाबासी जिज्ञासु रहेको पाए, सिंहले भन्नुभयो, Ôकपडाको झोला कहॉ र कसरी पाउन सकिन्छ भन्ने प्रश्न राखेका छन । त्यसको व्यवस्थापनको विषयमा पनि नगरपालिकाले योजना बनाउने छ ।’

एक पटक किनेको कपडाको झोला धेरै पटक प्रयोग गर्न सकिने भएकाले खर्चिलो समेत नरहेको सिंहको भनाइ छ । नगरबासी आफैले यो अभियानलाई आफ्नो नगर र वातावरणको भन्ने सोचेर अघि बढे प्लास्टिकका झोला प्रयोग न्युनीकरण हुदै जाने सिंहले बताउनुभयो ।

उहाँले कपडाको झोला प्रयोगमा आएपछि स्थानीय स्तरमा धेरै जना वतावरणमैत्री झोला अभियानमा जीतपुरसिमरा उपमहानगरपालिका

सिमरा,

प्लास्टिकका झोला विस्थापित गर्ने अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाले कपडाको झोला प्रवद्र्धन कार्यक्रम अघि सारेको छ ।

प्लास्टिकका झोला वातावरणमैत्री नरहेको र यसबाट बेफाईदा बढी हुने भएकाले वातावरण संरक्षण र जनस्वास्थ्य प्रवद्र्धनको लागि कपडाको झोला प्रयोगमा ल्याउन उपमहानगरले अभियान सुरु गरेको हो ।

उपमहानगरले पहिलो चरण अन्तर्गत विभिन्न पॉच वटा वडामा कपडाको झोला प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिसकेको छ । वडास्तरबाट अभियान सुरु गर्दा प्रभावकारी हुने देखिएकाले उपमहानगरले पहिलो चरणमा पाँच वटा वडाका स्थानीयबीच झोला प्रवद्र्धन कार्यक्रम विषयक अन्तक्र्रिया गरेको हो ।

उक्त कार्यक्रममा कपडाको झोला प्रयोगको फाईदा र प्लास्टिकजन्य झोलाबाट वातावरणमा पर्ने असरका विषयमा जानकारी गराइएको थियो । उपमहानगरपालिकाको वातावरण शाखाकी ईन्जिनियर पुष्पा सिंहले एकैपटक सबै वडामा कार्यक्रम सम्भव नभएकाले केही वडाबाट यो अभियानलाई अघि बढाएको बताउनुभयो । कार्यक्रम संचालन गरिएका वडामा कपडाको झोला प्रयोग गर्न स्थानीय ईच्छुक देखिएको भन्दै सिंहले यो अभियानलाई अझै प्रभावकारीरुपमा अघि बढाउन सकिने बताउनुभयो । Ôप्रयोग गर्ने विषयमा वडाबासी सकारात्मक देखिनुभयो । तर झोलाको उपलब्धताको विषयमा वडाबासी जिज्ञासु रहेको पाए, सिंहले भन्नुभयो, Ôकपडाको झोला कहॉ र कसरी पाउन सकिन्छ भन्ने प्रश्न राखेका छन । त्यसको व्यवस्थापनको विषयमा पनि नगरपालिकाले योजना बनाउने छ ।’

एक पटक किनेको कपडाको झोला धेरै पटक प्रयोग गर्न सकिने भएकाले खर्चिलो समेत नरहेको सिंहको भनाइ छ । नगरबासी आफैले यो अभियानलाई आफ्नो नगर र वातावरणको भन्ने सोचेर अघि बढे प्लास्टिकका झोला प्रयोग न्युनीकरण हुदै जाने सिंहले बताउनुभयो ।

उहाँले कपडाको झोला प्रयोगमा आएपछि स्थानीय स्तरमा धेरै जना स्वरोजगार समेत हुनसक्ने बताउनुभयो । झोला बनाउनका लागि वडामा सिपमुलक कार्यक्रम ल्याउन सकिने र त्यही सिपबाट झोला उत्पादन गरी आत्मनिर्भर बन्न सकिने सिंहको भनाइ छ ।

फोटो पनि छ ।स्वरोजगार समेत हुनसक्ने बताउनुभयो । झोला बनाउनका लागि वडामा सिपमुलक कार्यक्रम ल्याउन सकिने र त्यही सिपबाट झोला उत्पादन गरी आत्मनिर्भर बन्न सकिने सिंहको भनाइ छ ।

फोटो पनि छ ।

Leave a Reply