कलैया,बारामा आइपिभी खोप अभियानअन्तर्गत जिल्लास्तरीय समन्वय समिति र सञ्चारकर्मीहरूको लागि एक दिने अभिमूखीकरण तथा गोष्ठी सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा आयोजित कार्यक्रममा पोलियोमाइलाइटिस पोलियो भाइरस र यसले पार्ने प्रभावको बारेमा प्रकाश पारिएको थियो ।नेपालबाट बिदा भइसकेको पोलियो पछिल्लो समयमा रौतहट जिल्लामा देखापरेको कार्यक्रममा बताइएको थियो । आइपिभी खोप मुखबाट खुवाउने एक सजिलो औषधि भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

Leave a Reply