दिपेन्द्र जैसवाल
गंजभवानीपुर,बाराको कोल्हबीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्था लि.को १६औं बार्षिक साधारण सभा शनिवार कोल्हबीमा सम्पन्न भएको छ ।संस्थाका जेष्ठ सदस्य वसन्त ढकाल प्रमुख आतिथ्यतामा तामागढी ईभेन्ट भेन्यु प्रा.लि.को सभा हलमा सम्पन्न भएको सो सभाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी र डालकुमार खड्का, रामप्रसाद खनाल, वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यन्द्र ठाकुर, तामागढी ग्रुपका अध्यक्ष युवराज क्षेत्री, कोल्हबी नगरपालिकाका पूर्वमेयर भरतबहादुर भण्डारी, कोल्हबी नगर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी साह कलवार, वडा नम्बर २ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारी लागायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष एकराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पृथ्वीराज शिवाकोटीले गर्नुभएको थियो भने संस्थाको प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले उत्कृष्ट बचतकर्ता, अनुशासित ऋणिहरुलाई सम्मान समेत गरेको थियो । सहकारी संस्थाले २०८१ असार मसान्तसम्म ३८ करोड ९० लाख ७७ हजार २८६ रुपैया ४५ पैसाको कारोवार गरेको छ ।



















