नेपाली साहित्यको श्रीवृद्धिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानको चर्चा धेरै गर्नैपर्दैन । देवकोटा नेपाली साहित्यका महान व्यक्ति भएका कारण पनि हरेक वर्षको लक्ष्मी पूजाको दिनमा उही महान व्यक्तिको संझना गर्ने गरिन्छ ।
यस वर्षको लक्ष्मी पूजाको दिनमा पनि देवकोटाको संझनामा विभिन्न कार्यक्रमहरु भएका छन् । यही दिनको अवसर पारेर बाराको जीतपुरसिमरामा भने एक रचनात्मक कार्यक्रमको आयोजना गरिएको छ । एक स्थानीय चोकको नाम नै फेरिएको छ । जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ ले यसको पहल गरेको छ ।

हुन त् स्थानीय ठाउँको नाउँ फेरिदा त्यसको महत्व लोप होला कि भन्ने पनि लाग्छ तर महाकविको संझनामा चोकको नाउँ नै देवकोटा चोक राखिदाँ यसले ठाउँको पनि सम्मान बढ्नेछ र नेपाली साहित्यको पनि उच्च सम्मान हुनेछ । स्थानीय सरकारका प्रमुख भएका नाताले वडा अध्यक्ष हरिदेव खरेलले लिएको अग्रसरता पनि महत्वपूर्ण नै छ । कतर्वा चोक अब देवकोटा चोक बनेको छ ।यो महाकविप्रतिको सम्मान त हुँदै हो साथमा नेपाली साहित्यप्रतिको पनि उच्च सम्मान पनि हो । नेपाली साहित्य पछिल्ला दिनमा कुनै न कुनै हिसावले अतिक्रमणको चपेटामा मात्र परेको छैन बिस्तारै ओझेलमा पनि पर्दै गइरहेको अवस्थामा बाराको जीतपुरसिमरा वडा नम्बर १६ को कतर्वाका स्थानीयहरुले गरेको पहल निकै सहनीय छ । यसको सबैले प्रशंसा गर्नु नै पर्दछ ।

Leave a Reply