यो प्रश्न अहिले पहिला पनि उठेको हो तर यसको जवाफ धेरैपछि प्राप्त भएको छ । गत असोजमा डिल्ली बजार करागार चलान हुंदा तत्कालिन प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको अनुहारमा चमक थिएन । उनको अनुहार हेर्न लायकको पनि थिएन तर सोमबार उनी कारगार मुक्त हुंदा धेरै खुसी थिए । उनको अनुहारमा चमक थियो । उनी हर्षले बिभोर थिए तर उनी कारगार किन गए भन्ने प्रश्न यक्ष बनिदिएको छ ।

 

 

 

जोमाथि बलात्कारको आरोप लाग्यो,उनैले सो कुरा अस्वीकार गरेपछि उनी पहिला नै निदोष हुनुपर्ने थियो त्यसो हुन सकेन । उनी निर्दोष साबित हुनका लागि करिब तीन महिना कारगारमा बसेका छन् । यो देशको कानुन अथवा महराहर आफैले बनाएको कानुन पनि कति घातक हुदो रहिछ भन्ने कुराको एउटा गतिलो प्रमाण पनि हो,यो ।

 

 

 

 

कानुन सबैका लागि समान हो तर आफूले खनेको खाडलमा आफै परिएला भनेर उनीहरुले कहिल्यै कल्पना गरेनन् । महराले यही कारण धेरै ठूलो क्षति ब्यहोर्न परेको छ ।आखिर कसका कारणले क्षति ठूलो क्षति उनले ब्यहोर्न परेको हो यो यक्ष प्रश्नको जवाफ कहिले आउला खोई ?

Leave a Reply