काठमाण्डौं,उत्तर कोरियाले तालिमका लागि १० हजार जना सैनिक रुसमा पठाएको अमेरिकाले दाबी गरेको छ । उत्तर कोरियाले तालिमका लागि सैनिक रुसमा पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको अमेरिकाले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यस्तै उत्तर कोरियाले रुसमा सैनिक पठाएकोप्रति दक्षिण कोरियाले चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको खबरमा उल्लेख छ । दक्षिण कोरियाले युक्रेनविरुद्ध लड्न लामो समयदेखि उत्तर कोरियाले रुसलाई आणविक–सशस्त्र हतियार पठाएको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि उसले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको दक्षिण कोरियाको आरोप छ ।
उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गएको हप्ता सरकारी मिडियामा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताउनुभएको थियो ।युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजार जनासम्म सैनिक पठाउन सक्ने चेतावनी दिनुभएको छ । जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here