कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकाले आइतवार सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको घर टहरा भत्काएर खाली गराएको छ ।जिराभवानी गाउँपालिका वडा नम्ब र३ जितपुरमा ८ कठ्ठा क्षेत्रफलको जग्गा अतिक्रमण पक्की घर र फुसको गरी ६ वटा घर टहरा बनाइएकोमा गाउँ पालिकाका उपाध्यक्ष रेखा चौधरीको नेतृत्वमा आइतवार उक्त जग्गा बनेका घर टहरामा जेसिबी लगाएर भत्काइएको हो । उक्त जग्गामा कृषि अनुसन्धान कार्यालय निर्माण गरिने उपाध्यक्ष चौधरीले बताउनुभएको छ ।

Leave a Reply