डुमरवाना,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानाका स्थानीय बासिन्दाले आफुहरुलाई अव्यवस्थित बसोबासीको फारम भर्न नदिएको भन्दै जिल्ला भुमि सम्बन्धी समस्या समाधान आयोग बाराको कार्यालय कलैयामा निवेदन दिएका छन् । डुमरवानाका अगुवा किशोर शर्मा सहित स्थानीयले निवेदन दर्ता गराउनुभएको हो । आफुहरु वडा नम्वर १५ मा २०३९ सालदेखि बसोबास गर्दैै आएको र बिभिन्न समयमा सरकारका विभिन्न निकायले सो स्थानमा बसाएको भन्दै अहिले आएर अव्यवस्थित बसोबासको फारम भर्नसमेत रोक लगाइएको भन्दै निवेदन दर्ता गराएको शर्माले बताउनुभयो । स्थानीयले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई यस विषयमा सोध्दा समेत फारम भर्न नपाउने जवाफ दिएको उल्लेख गर्दै सोको विरोध जनाएका छन् । स्थानीयले सुखी नेपाली, समृद्ध नेपालभित्र आफूहरु पर्छौ कि पर्दैनौ भनेरसमेत निवेदनमा सोधेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय विमानस्थल (टांगिया बस्ती) का स्थानीयले फारम भर्न पाउने तर आफुहरुले के कारणले फारम भर्न नपाउने हो । त्यसको जवाफ समेत दिन निवेदनमा माग गरेका छन् । निवेदन दिनेमा स्थानीय स्थानीय अगुवा शर्मा, बिष्णु अधिकारी, सन्तोष भुजेल, बिजय तसिजु, मन्दिप दुवाडी, हरेकृष्ण तसिजु बालकृष्ण तसिजु र राजकुमार अर्याल लगायतका रहेका छन् ।

Leave a Reply