काठमाण्डौं,अस्ट्रेलियाले ‘चीनबाट बढ्दो खतरा’ को सामना गर्न लामो दुरीको थप क्षेप्यास्त्र खरिद गर्ने भएको छ । अस्ट्रेलियाले एक करोड ९० लाख अस्ट्रेलियन डलर खर्च गरेर थप क्षेप्यास्त्र खरिद गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।देशको रक्षा मामिलासम्बन्धी समीक्षाले द डिफेन्स स्ट्राटेजिक रिभ्यू (डी.एस.आर), ताइवानबारे चीनको अडान, बढ्दो क्षेत्रीय तनाव र आवश्यक परे बल प्रयोग गर्ने चीनको पटक–पटकको धम्कीका कारण थप क्षेप्यास्त्र आवश्यक रहेको निष्कर्ष निकालेको आधारमा क्षेप्यास्त्र खरिदको निर्णय भएको हो ।प्रधानमन्त्री एन्थोनी अल्बानीजले रक्षा समीक्षाले भविष्यलाई पर्खनुभन्दा आफूहरूले भविष्यलाई आकार दिने गरी तयारी गरेको बताउनुभएको छ । अब खरिद गर्ने अस्त्रहरूमा भूमि केन्द्रित सुरक्षा अस्त्रहरूको सट्टा पाँच सय किलोमिटरभन्दा लामो दुरीमा प्रहार गर्न सक्ने क्षमतासहितका अस्त्रहरूमा केन्द्रित हुने रक्षामन्त्री रिचर्ड मार्ल्सले बताउनुभएको बीबीसीले जनाएको छ ।सन् २०२२ मा एक विज्ञ समूहको प्रतिवेदनले अस्ट्रेलियाली सेनाका लागि सबैभन्दा नराम्रो अवस्था आउन थालेको चेतावनी दिएको थियो । चीनले ताइवानमाथि सम्भावित युद्धको क्रममा नजिकैको क्षेत्रको नियन्त्रण लिनसक्ने विज्ञ समूहले जनाएको छ । गएको महिना अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई २२० क्रुज क्षेप्यास्त्रहरू बेच्न स्वीकृति दिएको थियो । जसको मूल्य ८५ करोड ५० लाख अमेरिकी डलर हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here