सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ३ को माथिल्लो सिमलचौरमा सोमवारबाट दुग्ध संकलन उपकेन्द्र संचालनमा आएको छ ।निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिनाले एक कार्यक्रमबीच उपकेन्द्रको उद्धाटन गर्नुभएको हो । कार्यक्रममा बागदेब दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष थानेश्वर सापकोटा, वडा नम्बर २ का पूर्ववडा अध्यक्ष केशव ढोडारी, वडा नम्बर ३ का पूर्ववडा अध्यक्ष जीतबहादुर लामालगायतको उपस्थिति रहेको थियो ।बागदेब दुग्ध उत्पादक सहकारी सस्थाको १४औ दुग्ध सङ्कलन स्थलको रुपमा सिमलचौरमा उपकेन्द्र संचालन गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सो उपकेन्द्रबाट हाल गाई र भैसीको समेत गरी दैनिक १०० लिटर दुध संकलन हुदैआएको छ ।बागदेब दुग्ध उत्पादक सहकारी सस्थाले निजगढका विभिन्न वडामा संकलन उपकेन्द्र स्थापना गरेर किसानले उत्पादन गरेको दुध संकलन गर्दैआएको छ । संस्थाले निजगढ नगरपालिकको वडा नम्बर ७, १२ र १३ नम्बर वडा बाहेक नगरपालिकका अन्य सबै वडामा उपकेन्द्र स्थापना गरेर दुध संकलन गर्दैआएको छ ।बागदेब दुध उत्पादक सहकारीमार्फत हाल निजगढमा ८ हजार लिटर दुध उत्पादन तथा बिक्री हुनेगरेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।



















