कलैया,सडक दुर्घटनामा परी ज्यान गुमाएका स्थानीय विद्यालयका विद्यार्थीको परिवारलाई सुवर्ण गाउँपालिकाले सोमवार किरिया खर्च बापतको रकम प्रदान गरेको छ ।गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले मृतक छोटेलालकुमार रामको परिवारलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कवही गोठबाट गत जेठ ८ गते बिहीवार बिहान पढेर घर फर्किने क्रममा रामलाई मोटरसाइकलले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा बिहीवार राती मृत्यु भएको थियो ।

Leave a Reply