अघिल्लो हप्ता नेपाल बार एसोशियका अध्यक्ष गोपाल घिमिरेले नै न्यायपािलकामा गलत मान्छेको प्रवेश भएको र न्याय क्षेत्र स्वच्छ नरहेको तर्क प्रस्तुत गरेपछि उहाँको विरुद्धमा सर्बोच्चको मुद्दा परेको थियो तर पछि फिर्ता भयो ।
अब न्यायलय नेपालको गलत क्रियाकलाप वा घुसखोरी हुने ठाउँ मध्यको एक हो भन्ने धेरै सेवाग्राहीको भनाईमा बारको अध्यक्षको भनाईले पनि पुष्टी गरेको छ । हुन त वकीलहरुको विषयमा पनि बेला बेलामा प्रश्न उठ्ने गर्दछ तर न्यायधिशहरुलाई भ्रष्ट बनाउने मतियारहरु चैं फेरि वकीलहरु नै हुन् ।

त्यसो त सबै वकीकहरु बद्मास छैनन् अनि न्यायधिश पनि छैनन् तर बारको अध्यक्षले उठाएको विषयले त न्यायलयप्रतिको एउटा प्रश्न त उठाइ दिएको छ । यहीबीचमा आइतवार सर्बोच्चको प्रधानन्यायधिशमा प्रकाशमान सिंह राउतको पनि सपथ भएको छ । मुख्य त बार अध्यक्षको भनाई वा आरोप पनि यिनै राउतमाथि नै थियो । राउतलाई प्रधानन्यायधिश बनाइएकोमा बारको आपत्ति छ ।

अब यहाँ निर प्रधानन्यायधिश खराब नै भएर प्रश्न उठेको हो वा बार र बेच्नको लडाइका कारण यो समस्या आएको हो नागरिकहरुले बिस्तारै बुझ्दै जालान् नै तर बारको अध्यक्षले भने जस्तै नेपालको न्यायलय स्वच्छ चैं छैनन । न्याय सम्पादनमा भएका गतिविधिहरु र ढिलाइले पनि यो कुराको पुष्टी गर्दछ । यसरी न्यायलय बद्नाम हुन्ु भनेको नेपालको कानुन कार्यान्वयन पनि कमजोर हुदै जानु पनि हो ।

Leave a Reply