काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतमा मंगलबार भएको विस्फोटमा कम्तीमा १२ जना घाइते भएका छन् ।
इस्लामाबाद प्रहरीका आईजी अली नासिर रिजवीका अनुसार ग्यास चुहावटका कारण विस्फोट भएको हो । ‘सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा बिहान १०ः५५ बजे ग्यास विस्फोट भएको थियो । घटनामा बाह्र जना घाइते भएका छन्,’ उनले भने ।नासिर रिजवीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिन र चिया पसलबाट ग्यास चुहावटको गुनासो तीन दिनदेखि आइरहेको आईजी इस्लामाबादले बताए ।
विस्फोटको समयमा क्यान्टिनमा एक जना एसी प्राविधिक काम गरिरहेको र उनी सबैभन्दा बढी घाइते भएको बताइएको छ ।

Leave a Reply