रौतहट,रौतहटस्थित इलाका प्रहरी कार्यालय देवाही गोनाहीको टोलीले लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर १२ बथाने टोलका वर्ष २२ को राजन मोक्तान, सोही ठाउँका वर्ष २३ को सुजन मोक्तान र वर्ष २९ की असली माया वल रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा देवाही गोनाही नगरपालिका वडा नम्बर ८ गोनाही बजार संग्रालय नजिक सडक खण्डमा जयनगरदेखि जाँदै गरेको मधेस प्रदेश ०३–००१ ह २५२४ नम्बरको डाँफे सवारी नामक अटोलाई शंका लागि रोकी चेकजाँच गर्दा दुई वटा जेब्रा झोलाभित्र लुकाई राखेको १० केजी ३०० ग्राम लागु औषध गाँजासहित तीनै जना पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभयो ।

पक्राउ परेका राजन मोक्तान सवारी चालक र सुजन मोक्तान असली माया वल लागूऔषध गाँजा ओसारपसार गर्ने कारोबारी रहेको प्रहरीले जनाएको छ ।उनीहरूमाथि लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply