वीरगञ्ज,नेपालको प्रमुख तेस्रो राष्ट्रिय भाषाको रुपमा रहेको भोजपुरी भाषामा पर्सा जिल्लाको वीरगञ्जबाट नियमित रुपमा प्रकाशित हुदै आएको भोजपुरी टाईम्स दैनिक पत्रिकाले एकजना फरक क्षमता भएका (अपाङ्ग) सहयोग गरी १०औं वार्षिकोत्सव मनाएको छ ।पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यो वर्ष बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया निवासी चरितर रामको १४ वर्षिय छोरा मन्दिपकुमार रामलाई एक थान ह्विल चेयर सहयोग प्रदान गरेको हो । जन्मदेखि नै हात खुट्टाले पूर्ण रुपमा काम नगरेकोले उनलाई हिडडुल गर्न समस्या छ ।घरको आर्थिक अवस्था पनि कमजोर रहेको स्थानीयहरुले जानकारी गराएपछि पत्रिकाले वार्षिकोत्सवको अवसरमा मन्दिपलाई सहयोग गरेको पत्रिकाका प्रकाशक अजय चौरसियाले बताउनुभयो ।पत्रिकाका प्रकाशक चौरसिया, कार्यकारी सम्पादक श्रवणप्रसाद साह र बारा प्रतिनिधि प्रभु यादवले मन्दिपको घरमै पुगेर आमा छठिया देवी रामलाई सो ह्विल चेयर हस्तान्तरण गरेका थिए ।सो अवसरमा युवा नेता एवं समाजसेवी ईजरायल अंसारी, स्थानीय अनिल कुशवाहा, सञ्चारकर्मी उमेश दुबे, रंजित चौरसिया, दिपेन्द्र गिरी, मुकेश चौरसिया लगायत स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रमलाई फरक–फरक ढंगले मनाउदै आएको छ । वार्षिकोत्सवमा एउटा बन्द कोठाभित्र कार्यक्रम गरी भाषण गरेर मनाउनुभन्दा पनि ग्रामीण क्षेत्रहरुमा पुगेर गरिब, असहायहरुलाई सहयोग गरेर मनाउनु प्रशसनीय कार्य भएको पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here