आइतवार साँझ परेपछि विशेषगरी सामाजिक संजालतिर एउटा खबर सनसनी भयो । त्यो के थियो भने–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परे । तर त्यो खबर पुष्टि हुने गरी रवि सोमवार साँझसम्म पनि पक्राउ परेको विवरणहरु आएका छैनन् ।

विशेषगरी सहकारी बचत कर्ताहरुको रकम हिनामिना गरेको अभियोग रविमाथि लगाइएको छ । रवि लामिछानेकै सांसद संलग्न रहेको सहकारी छानबिन समितिले पनि आफ्नो प्रतिवेदनमा चैं रविमाथि दोषी करार गरेको छ । तरयसमा रास्वपाका केही नेताहरु र स्वयम् रविले भने आफूलाई सफाइ दिएको दाबी गरेपनि प्रतिवेदनमा भने त्यस्तो विवरण उल्लेख छैन ।
अब, रवि लामिछानेको तर्क के आएको छ भने आफूलाई राजनीतिक पूर्वाग्राहका हिसावले फसाउन खोजिएको छ तर यसो भयो भने चैं दुर्भाग्य हुन्छ । सहकारी पीडितहरु एकतिर समस्यामा रहने अनि सरकार राजनीतिक सौजावादीमा रह्यो भने चैं फेरि पीडितले न्याय पाउने संभावना हुदैन ।

पीडितले न्याय पाउनु पर्दछ। काँग्रेस,एमाले वा रास्वपाले राजनीतिमा के गर्दछन् त्यो सहकारी पीडितका लागि धेरै चासोको विषय होइन र नहुनु स्वाभाविक पनि हो ।रवि आफै गृहमन्त्री हुँदा केही अभ्यास पनि गरेको र गर्न खोजेको जस्तो देखिन्छ तर पछि त्यसले सार्थक रुप लिन भने सकेन । रविबाट केही काम होस् भन्ने पनि जनताले चाहेका थिए । त्यो पनि भएन अनि सरकार बाहिर भएपछि वा सरकार छाड्न परेपछि भने काम नै गर्न पाइन भन्ने रविका कुरामा पनि त्यति धेरै दम चैं छैन ।त्यसैले वर्तमान सरकारले जे भएपनि राजनीतिक पूर्वाग्राहीपन देखाउनु हुदैन । दोषी भए जो सुकैमाथि पनि कारबाही गर्नुपर्दछ र पीडितलाई न्याय दिने विषयमासरकार जहिले पनि अगाडि बढ्नु पर्दछ ।

Leave a Reply